
काठमाडौं । पहिलो सहभागिता मै साफ यु–१७ महिला च्याम्पियनसिपको उपाधि पाहुना टोली रसियाले जितेको छ । प्रतियोगिताभरि शतप्रशित जितका साथ कुल १२ अंक जोडेको रसिया अपराजित रहेर च्याम्पियन बनेको हो ।
मंगलबार निर्णायक मानिएको खेलमा रसियाले भारतलाई २–० ले हरायो । रसियाले खेलेको चार खेलहरु मध्ये नेपाल र बंगलादेश विरुद्ध समान ३–० को जित निकालेको थियो भने भुटानलाई ९–१ ले हराएको थियो ।
दोस्रो स्थानमा ४ खेलबाट २ जित, एक बराबरी र एक हारका साथ ७ अंक जोडेको आयोजक बंगलादेश रह्यो । त्यस्तै चार खेलमा दुई जित र दुई हार बेहोरेको भारत ६ अंकका साथ तेस्रो बन्यो ।
मंगलबार बंगलादेशलाई १–१ को बराबरीमा रोकेको नेपालले ४ खेलबाट ४ अंक जोड्दै चौथो स्थानमा रहेर प्रतियोगिता समापन गर्यो । नेपालले उद्घाटन खेलमै भारतसँग ४–१ को होर बेहोरेको थियो भने दोस्रो खेलमा भुटानलाई ५–० ले हराएको थियो । त्यस्तै तेस्रो खेलमा रसियासँग ३–० ले पराजित भएको थियो ।
त्यसैगरी प्रतियोगिताभरि एउटै खेल जित्न नसकेको भुटान अंकविहीन रुपमा पुछारमा रहेर प्रतियोगिताको समापन गर्न बाध्य बन्यो ।
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
- एएफसी च्याम्पियन्स लिग इलिटः अल हिलालको चुनौति सेमिफाइनलबाटै समाप्त
- एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ समूह ए मा नेपाल
- उज्वेकिस्तानलाई एएफसी यु–१७ एसियन कपको उपाधि