South Asia साफ च्याम्पियनसिपमा मलेसिया र साउदी !
गोलनेपाल

काठमाडौं । दक्षिण एसियाली फुटबलको प्रतिष्ठित साफ च्याम्पियनसिपमा यसपटक दुई विदेशी टोलीहरुलाई आमन्त्रित गर्ने योजना रहेको कुरा दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यसअघि नै घोषणा गरिसकेको छ ।

अहिले आएर विभिन्न सञ्चारमाध्यमहरुका अनुसार यस वर्ष हुने साफ च्याम्पियनसिपमा मलेसिया र साउदी अरेबियाले सहभागिता जनाउने खबर बाहिर आएको छ । साफका अध्यक्ष काजी सलाहुद्दिनले पनि मलेसिया र साउदीलाई साफ च्याम्पियनसिपमा अतिथी टोलीका रुपमा सहभागिताका लागि आमन्त्रण गरिएको बताएका छन् ।

यद्यपि यसबारे थप विवरण भने आइसकेको छैन । साथै मलेसिया र साउदी अरेबियाले पनि यसबारे आधिकारिक रुपमा जवाफ दिएको छैन । तर केही सञ्चारमाध्यमका अनुसार मलेसिया र साउदी अरबले सहभागिता जनाए पनि प्रतियोगितामा आफ्नो ओलम्पिक टोली (यु–२३) पठाउने सम्भावना रहेको बताइएको छ ।

स्मरण रहोस, यसपटकको साफ च्याम्पियनसिपको १४औं संस्करण २१ जुनदेखि ३ जुलाईसम्म भारतको बैंगलुरु शहरमा आयोजना हुँदैछ । प्रतियोगितामा हालसम्म दक्षिण एसियाका सबै ६ टोलीले सहभागिता जनाउने लगभय तय भईसकेको छ । साथै साफको योजनाबमोजिम प्रतियोगितामा थप दुई टोली थपिए कुल ८ टोलीहरुले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

आयोजक भारत प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो । माल्दिभ्समा सम्पन्न गत संस्करणको फाइनलमा भारतले नेपाललाई हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो ।

Post Comments