South Asia
उत्कृष्ट जितका साथ पाकिस्तान सेमिफाइनलमा

काठमाडौं । लगातार दोस्रो र उत्कृष्ट जित निकाल्दै पाकिस्तान जारी साफ यु–१६ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
समूह बी तर्फ आफ्नो पहिलो खेलमा आयोजक भुटानलाई २–१ ले हराएको पाकिस्तानले सोमबार माल्दिभ्समाथि ३–० को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गर्यो । समूह बी बाट अब बुधबार हुने भुटान र माल्दिभ्सको खेलबाट सेमिफाइनलमा पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ ।
स्मरण रहोस, समूह ए तर्फ आज नै नेपाली समयअनुसार ६ः४५ बजेदेखि नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशको सामना गर्दैछ । त्यस्तै नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार भारतसँग खेल्नेछ ।
प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
Post Comments
Related News
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त