काठमाडौं (एजेन्सी) । साविक विजेता चीन र उपविजेता दक्षिण कोरिया जारी एएफसी महिला एसियन कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको दोस्रो क्वाटरफाइनलतर्फ चीनले चाइनिज ताइपेईलाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भयो । त्यस्तै तेस्रो क्वाटरफाइनलमा दक्षिण कोरियाले उज्वेकिस्तानलाई ६–० को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्यो ।
सेमिफाइनल प्रवेश गरेसँगै चीन र दक्षिण कोरियाले अर्को वर्ष ब्राजीलमा हुने फिफा महिला विश्वकपका लागि पनि आफ्नो स्थान सुरक्षित गरेका छन् । यसअघि आयोजक अष्ट्रेलिया पनि सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
अब १७ मार्चका दिन हुने पहिलो सेमिफाइनलमा चीन र अष्ट्रेलिया भिड्ने छन् । त्यस्तै दक्षिण कोरियाले भने १८ मार्चका दिन दोस्रो सेमिफाइनलतर्फ जापान वा फिलिपिन्ससँग खेल्नेछ । स्मरण रहोस, जापान र फिलिपिन्सले आइतबार अन्तिम क्वाटरफाइनल खेल्दैछन् ।
- तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि समीकरण पुरा
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि