AFC/FIFA आयोजक इराकलाई चौथोपटक गल्फ कपको उपाधि
गोलनेपाल

काठमाडौं (एजेन्सी) । दक्षिण पश्चिमका अरब राष्ट्रहरुबीच हुने प्रतिष्ठित गल्फ कपको २५औं संस्करणको उपाधि आयोजक राष्ट्र इराकले जितेको छ । इराकले समग्रमा चौथोपटक गल्फ कपको उपाधि उचाल्न सफल भएको हो ।

इराकी शहर बसरा स्थित बसरा इन्टरनेशनल स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनल भिडन्तमा इराकले ओमानलाई अतिरिक्त समयमा ३–२ ले हराउँदै चौटोपटक गल्फ च्याम्पियन बन्यो ।

स्मरण रहोस, इराकले फाइनल प्रवेश गर्ने क्रममा सेमिफाइनलमा कतारलाई २–१ ले हराएको थियो भने ओमानले साविक विजेता बहराईनमाथि १–० को सनसनीपूर्ण जित निकालेको थियो ।

इराकका मिडफिल्डर इब्राहिम बायीश प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । त्यस्तै ओमानका इब्राहिम अल–मुखाइनी प्रतियोगिता कै उत्कृष्ट गोलरक्षक घोषित भए ।

अब प्रतियोगिताको २६औं संस्करण आगामी सन् २०२४ को डिसेम्बरमा कुवेतले आयोजना गर्नेछ ।

Post Comments