AFC/FIFA एएफसी यु–१९ च्याम्पियनसिप फाइनल ड्र सार्वजनिक
गोलनेपाल

काठमाडौं । यसै बर्ष उज्वेकिस्तानले आयोजना गर्ने जिम्मेवारी पाएको एएफसी यु–१९ च्याम्पियनसिपको फाइनल ड्र पनि सार्वजनिक गरिएको छ ।

आउँदो अक्टुबर १४ देखि ३१ तारीखसम्म आयोजना हुन गईरहेको प्रतियोगितामा सहभागिता जनाउने कुल १६ टोलीहरुलाई चार समूहमा विभाजन गरिएको छ ।

जसअन्तरगत समूह ए मा आयोजक उज्वेकिस्तानसहित पूर्व विजेता इण्डोनेसिया र इरानसहित कम्बोडिया रहेका छन् । त्यस्तै समूह बी मा तीन पूर्वविजेता दक्षिण कोरिया, जापान र इराकसँगै बहराईन रहेका छन् ।

समूह सी मा डिफेन्डिङ च्याम्पियन साउदी अरबसँगै अष्ट्रेलिया, भियतनाम र लाओस रहेका छन् भने समूह डी मा कतार, ताजिकिसतान, मलेसिया र यमन रहेका छन् ।

प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । स्मरण रहोस, प्रतियोगिताका शिर्ष चार टोलीहरुले आगामी बर्ष इण्डोनेसियामा हुने फिफा यु–२० विश्वकपमा सहभागिता जनाउन पाउने छन् ।

छनौट चरणमा नेपाल

गत बर्षको ६ देखि १० नोभेम्बरसम्म इरानमा भएको छनौट प्रतियोगितातर्फ नेपाल समूह सी मा परेको थियो । छनौट प्रतियोगितातर्फ फितलो प्रर्दशन गरेको नेपालले खेलेका तीन खेलहरुमध्ये दुईमा हार र एक बराबरी गर्दै पुछारमा रहेर प्रतियोगिताको समापन गरेको थियो ।

छनौट प्रतियोगितामा नेपालले किर्गिस्तानसँग मात्र बराबरी खेलेको थियो भने आयोजक इरान र युएईसँग हार बेहोरेको थियो । नेपालको समूहबाट इरानले मात्र अन्तिम चरणमा स्थान बनाउन सफल भएको थियो ।

यस्तो छ फाइनल ड्र

 

Post Comments