AFC/FIFA
एएफसी यु–१७ एसियन कपः उत्तर कोरियाको पहिलो जित, इरान स्तब्ध

काठमाडौं । साउदी अरेबियामा जारी एएफसी यु–१७ एसियन कपतर्फ उत्तर कोरियाले पहिलो जित दर्ता गर्दा इरान भने स्तब्धपुर्ण रुपमा पराजित हुन पुगेको छ ।
समूह डी तर्फ आफ्नो दोस्रो खेलमा उत्तर कोरियाले ताजिकिस्तानमाथि ३–० को जित निकाल्दा ओमानले इरानलाई ३–२ ले स्तब्ध बनायो ।
समूह डी बाट अझै चारै टोलीहरुको नकआउट चरणमा पुग्ने सम्भावना कायम छ । दुई खेलबाट ४ अंक जोडेको उत्तर कोरिया शिर्ष स्थानमा रहँदा ३–३ अंक जोडेको ताजिकस्तान र ओमान क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । १ अंकका साथ इरान पुछारमा छ ।
समूह चरणतर्फको अन्तिम खेलमा अप्रिल ११ तारीखका दिन इरानले ताजिकिस्तानको सामना गर्नेछ भने सोही दिन ओमान र उत्तर कोरिया भिड्ने छन् ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय