ANFA
भरतपुर १८ गोल्डकपमा बिएफसीको विजयी सुरुवात
भरतपुर । भरतपुर १८ गोल्डकप फुटबलमा हानामी भरतपुर फुटबल क्लब बिएफसीले विजयी सुरुवात गरेको छ ।
भरतपुर १८ वडा कार्यालय मैदानमा आजबाट सुरु भएको प्रतियोगितामा बिएफसीले गण्डकी प्रदेश प्रहरीलाई ४-१ ले हरायो । बिएफसीको जितमा विवेक मगरले २ तथा सुशान्त गुरुङ र अमृत आचार्यले एक-एक गोल गरे ।
गण्डकी प्रहरीका लागि सचिन गुरुङले एक मात्र गोल गरे । दुई गोल गरेका बिएफसीका विवेक मगर प्लेयर अफ दि म्याच बने । उनले ५ हजार रूपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा भोलि बिहीबार बुद्धज्योति युवा क्लब माडी ४ र अभिषेक चर्च रजहर भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ ।
१० टोली सहभागी प्रतियोगिता असोज ३० गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित ४ लाख ४४ हजार ४४४ रूपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले २ लाख २२ हजार २२२ रूपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
Post Comments
Related News
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने
- रेखाको टोलीलाई कम्बोडियन महिला लिगको उपाधि
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- बाढीपिडितलाई पोर्चुगलबाट बुद्ध एफसीको पनि सहयोग