News कुसुमे साइनिङ क्लब फाइनलमा प्रवेश
गोलनेपाल

मोरङ। मोरङको बेलबारी–१, नक्सलबारीमा सञ्चालित स्वर्गीय सन्तमान राई स्मृति खुला नकआउट फुटबल प्रतियोगिता २०८३ को दोस्रो सेमिफाइनलमा खदम फुटबल क्लब, केराबारी–७ लाई १–० गोलअन्तरले पराजित गर्दै कुसुमे साइनिङ क्लब, केराबारी–९ फाइनलमा प्रवेश गरेको छ।

आज सम्पन्न प्रतिस्पर्धात्मक खेलमा कुसुमे साइनिङ क्लबका जर्सी नम्बर १३ का रोशन राईले पहिलो हाफमै गरेको गोल निर्णायक बन्यो। पहिलो हाफमा लिएको अग्रतालाई अन्तिमसम्म कायम राख्दै कुसुमेले उपाधि नजिक पुग्न सफल भएको हो।

दोस्रो हाफमा खदम एफसीले सुधारिएको प्रदर्शन गर्दै बराबरी गोल फर्काउन लगातार आक्रमण गरे पनि सफल हुन सकेन। खेलको करिब २२औँ मिनेटमा खदम एफसीका साजन बर्देवाले वान भर्सेस वानको उत्कृष्ट अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन्।

केराबारी गाउँपालिकाका वडा नम्बर ७ र वडा नम्बर ९ का दुई टोलीबीचको प्रतिस्पर्धा निकै रोचक बनेको थियो। दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि खदम एफसीले बराबरी गोल फर्काउन नसक्दा कुसुमे साइनिङ क्लब विजयी बन्यो।

खेलको प्लेयर अफ द म्याच कुसुमे साइनिङ क्लबका जर्सी नम्बर १२ का सन्देश आचार्य घोषित भए।

Post Comments