नक्सलबारी । मोरङ बेलबारी १ नक्सलबारीमा मिति २०८३ असोज २६ गते सोमबार भएको फाइन खेलमा कुसुमे साइनिङ फुटबल क्लबले २-१ ले श्री हरैचा स्पोर्ट क्लबलाई हराउँदै च्याम्पियन बनेको छ।
खेलमा कुस्मे साइनिङ फुटबल क्लबको तर्फबाट पहिलो गोल भने रोशन राईले गरेका थिए भने दोस्रो गोल अमित बेसराले गरेको थियो। खेलको म्यान अफ द म्याच पनि अमित बेश्रा घोषित भएका थिए।
विजेता बनेको कुसुमे साइनिङले उपाधिसहित नगद ५० हजार हात पार्दा उपविजेता बनेको श्री हरैचाले ३० हजारसहित ट्रफी, मेडलमा चित्त बुझायो ।
खेलको विधागत पुरस्कारहरू भने यस प्रकार छन्:
प्लेयर अफ द टुर्नामेन्ट: सन्देश आचार्य
उत्कृष्ट गोलकिपर : पूर्ण चेम्जोङ
हाइस्कोर: रोशन राई र अमित बेस्रा
उत्कृष्ट डिफेन्डर: सुजन चौधरी
उत्कृष्ट मिटफिल्डर: अनिस पुलामी मगर
उत्कृष्ट फरवार्ड: विशाल आले मगर
राईजिङ पुरस्कार : रसिक एक्चाई मगर
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- होलिल्याण्ड र एनएमएलाई बाँके जिल्ला स्तरीय मेयर कपको उपाधि