ANFA
रोहित चम्किदा भैरव फाइनलमा

बुङ्ची । भैरव स्पोर्टस क्लब, नवलपरासी जारी प्रथम सुर्योदय कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेश गर्ने क्रममा भैरवले सोमबार भएको दोस्रो सेमिफाइनलमा न्यु युथ युनियन क्लब, पाल्पालाई २–० ले हरायो ।
बुङ्ची, कपिलवस्तु स्थित सिद्धार्थ खेलमैदानमा भएको खेलमा भैरवका लागि दुवै गोल रोहित थारुको नाममा रह्यो । रोहितले खेलको दशौं र ३४औं मिनटमा गरेको दुई गोल भैरवलाई उपाधि नजिक पुर्याउन प्रर्याप्त बन्यो । भैरवका निर्णायक गोलकर्ता रोहित थारु खेलको म्यान अफ द म्याच समेत चुनिए ।
भैरवले अब फाइनलमा यहि फागुन १९ गतेका दिन आयोजक सुर्योदय सामाजिक विकास संस्था, बुङची कपिलवस्तुसँग उपाधिका लागि भिड्ने छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।
Post Comments
Related News
- नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने