
बढैयाताल । गेरुवा गाउँपालिका यहाँ जारी दोस्रो बर्दिया जिल्ला पालिका कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा गेरुवाले राजापुर नगरपालिकालाई १–० को साँघुरो अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।
बढैयाताल–८ स्याउलीबजार स्थित बर्दिया खेलमैदानमा सम्पन्न खेलमा गेरुवाका लागि महेश थारुले ६१औं मिनटमा एक मात्र निर्णायक गोल गरे । थारु नै खेलको म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद १ हजार र रिलाईबल टिसर्ट पनि हात पार्न सफल भए ।
प्रतियोगिता अन्तरगत फागुन १९ गते बुधबारको पहिलो सेमिफाइनल खेल मधुवन नगरपालिका र बासगढी नगरपालिकाबीच हुने प्रतियोगिता संयोजक शम्शेर मल्लले जानकारी दिए ।
कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, बढैयाताल–८, स्याउलीबजार, बर्दियाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । फाइनल खेल भने यहि फागुन २२ गतेका दिन हुनेछ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय