
काठमाडौं । नेपालको घरेलु फुटबलमा सफलततम क्लबको परिचय बनाएको चर्चित मनाङ मस्र्याङ्दी क्लबले यसै महिनाको अन्तिमदेखि शुरु हुन गईरहेको शहिद स्मारक ए डिभिजन लिगका लागि क्लबमा पोर्चुगिज खेलाडी भित्राएको छ ।
आठ पल्टको लिग च्याम्पियन मनाङले पोर्चुगिज खेलाडी सुसा कार्वाल्होलाई अनुवन्ध गरेको हो । नेपाल आइपुगेका सुसालाई मनाङका क्लब प्रतिनिधीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
स्मरण रहोस, मनाङले अन्तिमपटक वि.सं. २०७५ मा ए डिभिजन लिग उपाधि जितेको थियो । घरेलु फुटबलमा मोफसलका विभिन्न प्रतियोगिताहरुमा पनि आफ्नो वर्चश्व जमाएको मनाङ यस सिजन पनि लिगको दावेदार मध्ये एक टोलीका रुपमा रहेको छ ।
गत संस्करणको लिग उपाधि भने मच्छिन्द्र फुटबल क्लबले जितेको थियो । त्यतिबेला मनाङले लिगतालिकाको तेस्रो स्थानमा रहेर लिगको समापन गरेको थियो । यस बर्षको लिग भने यहि कार्तिक २९ गतेदेखि शुरु हुँदैछ ।
लिगमा कुल १४ टोलीहरुले सहभागिता जनाउँदैछन् । साथै पुरस्कार राशीमा पनि वृद्धि गरिएको यसपल्ट लिग विजेताले उपाधिसहित नगद ७५ लाख हात पार्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरिसकेको छ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय