ANFA च्यासलका जर्सी नम्बर १० बिकास
गोलनेपाल

काठमाडौं । केही दिन अघि मात्र नेपाल आइपुगेका नेपाली मूलका इटालियन फुटबल खेलाडी बिकास मेराग्लिया ए डिभिजन क्लब च्यासल युथ क्लबमा आवद्ध भएका छन् ।

क्लबले शुक्रबार उनलाई एक कार्यक्रमका बीच सार्वजनिक गर्नुका साथै अनुवन्ध प्रक्रिया पनि पूरा गरेको छ । क्लबले उनलाई के कति रकममा कति बर्षका लागि अनुवन्ध गरेको हो । त्यो खुलाइएको छैन । तर उनले यस सिजनका लागि क्लबसँग सम्झौता गरेको बुझिएको छ । यसै महिना शुरु हुन गईरहेको ए डिभिजिन लिगमा बिकासले प्रतिष्ठित १० नम्बर जर्सी लगाउने छन् ।

इटालीको चर्चित क्लब एटलान्टाको युथ टोली लगायत अन्य क्लबहरुबा पनि युथ लेभलमा व्यवसायीक फुटबल खेलेका बिकासले इटाली कै युथ टोलीबाट पनि युथ युरो समेत खेलेका थिए ।

सानैमा इटालियन दम्पतीले अपनाएर इटाली पुगेका बिकास केही समय यता आफ्नो सामाजिक सञ्जालमा नेपाल आउने र फुटबल खेल्ने कुराले चर्चामा थिए । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीले पनि बिकासलाई नेपाल ल्याउन महत्वपुर्ण भूमिका खेलेको बताइएको छ ।

स्मरण रहोस, गत सिजन पनि जापानिज खेलाडी ल्याएर चर्चा बटुलेको च्यासलले अपेक्षा गरेअनुसार भने प्रदर्शन गर्न सकेन । लिग अवघि भर केल ४ खेल मात्र जितेको च्यासलले १३ खेलबाट १५ अंक जोड्दे लिगतालिकाको नवौं स्थानमा रहेर लिगको समापन गरेको थियो ।

यस बर्षको शहिद स्मारक ए डिभिजन लिग यहि कार्तिक २९ गतेदेखि शुरु हुँदैछ । कुल १४ टोलीहरुले सहभागिता जनाउने लिगको विजेताले यसपटक उपाधिसहित नगद ७५ लाख हात पार्नेछ ।

Post Comments