ANFA हनामी अन्तरविद्यालय फुटबल प्रतियोगिता शुरु
गोलनेपाल

भरतपुर । विद्यालयस्तरबाटै अध्ययनसँगै बाल खेलाडीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ हनामी अन्तरविद्यालय नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन दुई खेलहरु सम्पन्न भए ।

गेष्ट हाउस मैदानमा भएको उद्घाटन खेलमा वाल्मिकी स्कुलले पोल स्टार स्कुललाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजयी शुरुवात गर्यो । खेलमा वाल्मिकीका सुमित सापकोटा म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा होली भिजन स्कुलले भानु मेमोरियल स्कुललाई ४–० को फराकिलो अन्तरले हरायो । होली भिजनको जितमा ह्याट्रिक गरेका सागर कडेंल म्यान अफ द म्याच चुनिए ।

भरतपुर फुटबल क्लबको आयोजना तथा चितवन जिल्ला फुटबल संघको सह–आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक ध्रुव भषालले बताए ।

कुल २१ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने आगामी असार २ गतेका दिन हुने पनि संयोजक भुषालले बताए ।

 

Post Comments