ANFA दोस्रो बर्जु गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

बर्जु । आउँदो जेठ २७ गतेदेखि शुरु हुन गईरहेको दोस्रो बर्जु गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । बर्जु स्र्पोटिङ क्लब, बर्जु–५, सुनसरीको आयोजनामा हुन गईरहेको प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ ।

बर्जु–५ स्थित अमाही बैल्हा खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलतर्फ जेठ २७ गतेका दिन १ नम्बर प्रदेश प्रहरी कार्यालय र श्री हरैचा स्र्पोटिङ क्लब, मोरङ भिड्ने आयोजकले जानकारी दियो । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असार २ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेता, उपविजेता तथा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

 

Post Comments