
झिलझिले । केएनके स्र्पोटिङ क्लब र श्रीजंगा युवा समाज यहाँ जारी प्रथम बोका जुनियर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सोमबार भएको क्वाटरफाइनल खेलतर्फ केएनकेले ब्याङडाडा फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा स्थान बनायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।
त्यस्तै सोमबार नै भएको अर्को क्वाटरफाइनलमा श्रीजंगाले मुनल्याण्ड स्र्पोटिङ क्लबलाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गर्न सफल भयो । प्रतियोगिता अन्तरगत असोज १६ गते मंगलबार अन्तिम दुई क्वाटरफाइनल खेलहरु हुनेछन् ।
बोका जुनियर फुटबल क्लब, शिवसताक्षी नगरपालिका–८, झिलझिले, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असोज २० गतेका दिन हुनेछ ।
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न