ANFA उत्कृष्ट जितका साथ बिर्तामोड फाइनलमा
गोलनेपाल

धनकुटा । उत्कृष्ट जित हात पार्दै बिर्तामोड युनाइटेड, झापा यहाँ जारी १६औं शहिद भिमनारायण गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा आयोजक भिमनारायण स्मृति प्रतिष्ठान, धनकुटालाई शून्यका विरुद्ध ३ गोलले हराउँदै बिर्तामोड उपाधि नजिक पुगेको हो ।

टुंडिखेल मैदानमा भएको खेलमा बिर्तामोडका लागि अनिष लिम्बु र अभिषेक गुरुङ्गले एक–एक गोल गरे । थप एक गोल भने आयोजक टोलीका पदम भट्टराईले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

खेलमा बिर्तामोडका मौसम लिम्बु म्यान अफ द म्याच घोषित भए । बिर्तामोडले अब यही बैशाख २९ गते शनिबार हुने फाइनलमा एपिएफ फुटबल क्लब, काठमाडौंसाग उपाधिका लागि भिड्ने छ ।

शहिद भिमनारायण स्मृति प्रतिष्ठान, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । 

Post Comments