
शनिश्चरे । बिर्तामोड युनाइटेड एफसी र बाहुनडाँगी एफसी झापा जिल्लास्तरीय ए डिभिजन क्लबमा उक्लिएका छन् ।
अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा सोमबार भएको दुई सेमिफाइनल खेलमा जित निकाल्दै ए डिभिजन क्लबको सूचीमा उक्लिएका हुन् । दुवैले जित दर्ता गर्दै फाइनलमा पनि प्रवेश गरेका छन्
पहिलो सेमिफाइनल खेलमा बाहुनडाँगीले सिरिजंगा स्पोर्टिङ क्लबलाई सडनडेथमा पराजित गरेको हो । खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि टाइब्रेकर रोजिएको थियो ।
तर, सडनडेथमा बाहुनडाँगीले ८-७ गोलअन्तरमा सिरिजंगालाई पछि पार्दै ए डिभिजनमा उक्लिएको हो । योसँगै बाहुनडाँगीले फाइनल यात्रा पनि तय गरेको छ ।
दोस्रो सेमिफाइनल खेलमा बिर्तामोडले सतासीधाम स्पोर्टिङ क्लबलाई गोलअन्तरले पराजित गर्दै ए डिभिजनमा स्थान बनाएको हो । बिर्तामोडले ए डिभिजन क्लबको मान्यता दिलाउनका लागि सतासीधामलाई ३-२ गोलले पराजित गरेको हो ।
फाइनल पुगेका दुवै टिमको खेल तथा ए डिभिजन र बी डिभिजन लिग फुटबल प्रतियोगिताको बुधबार समापन हुने झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले जानकारी दिए ।
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न