ANFA
एन्फा युथ लिगमा सोमबार दुवै खेल बराबरीमा टुंगिए

काठमाडौं । एन्फा युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएका दुई खेलहरु समान अन्तरको नतिजासहित बराबरीमा टुंगिएका छन् ।
एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबसँग र चर्च ब्वाईज युनाइटेडले संकटा क्लबसँग समान १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
पहिलो खेलमा मच्छिन्द्रका लागि रोनिक राना मगरले गोल गरे भने सातदोबाटोका लागि आदेश लामाले गोल फर्काएका थिए ।
त्यस्तै दोस्रो खेलमा चर्च ब्वाईजका लागि अनिष श्रेष्ठले गोल गर्दा संकटाका लागि दिवस राईले गोल गरेका थिए ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै