ANFA
गोल्डेन स्टार सेमिफाइनलमा प्रवेश

बुढिगंगा । गोल्डेन स्टार युथ क्लब, भलुवा यहाँ जारी प्रथम बुढिगंगा मनसुन कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको दोस्रो क्वाटरफाइनलमा गोल्डेन स्टारले दुहबी सुनसरी वार्ड नम्बर ४ लाई २–१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
गोल्डेन स्टारको जितमा दिलिप चौधरी र श्रवण गच्छदारले गोल गरे । पराजित दहुबी सुनसरीका लागि रबी राजवंशीले गोल फर्काएका थिए । खेलमा गोल्डेन स्टारका श्रवण गच्छदार म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत साउन २१ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल गोल्डेन स्टार युथ क्लब, भलुवा (जुनियर) र पिपियु एफसी, मोतिपुर, मोरङ बीच हुने आयोजकले जानकारी दियो ।
यही साउन २६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न