ANFA चितवन जिल्ला लिग : उपाधिका लागि पानस र बिएफसी भिड्ने
गोलनेपाल

चितवन । पानस युवा क्लब र हानामी भरतपुर फुटबल क्लब (बिएफसी) सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलको उपाधिका लागि भिड्ने भएका छन् ।

सोमबार सम्पन्न सेमिफाइनल खेल जित्दै पानस र बिएफसीले उपाधि भिडन्त पक्का गरेका हुन् । भरतपुर ७ कृष्णपुरको मैदानमा भएको पहिलो सेमिफाइनलमा पानसले माडी ११ विरुद्ध ५-१ को सहज जित निकाल्यो ।

पानसको जितमा सुमन गुरुङले दुई तथा पदम नेपाली, रोमन थापा र सन्दीपले एक-एक गोल गरे । सुमनले ३७ र ८० औं मिनेटमा गोल गरे । पदमले २२ औं, रोमनले ६१ औं र सन्दीपले अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गरे । माडीका रितेश क्षेत्रीले ७५ औं मिनेटमा एक मात्र गोल गरे ।

खेलको २७ औं मिनेटमा सुमनको गोलमा बिएफसीले अग्रता लिएको थियो। ५० औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गरेपछि बिएफसीले अग्रता दोब्बर बनायो । ५१ औं मिनेटमा हर्दीका सन्तोषले गोल गरे ।

कमजोर प्रदर्शन गरेको हर्दीले उक्त गोलपछि खेलमा फर्किने संकेत गरे पनि बिएफसीले पुनः दबाब बनायो । अतिरिक्त समयको दोस्रो मिनेटमा सन्देशले गोल गरेपछि बिएफसी ३-१ ले विजयी भयो ।

यससँँगै पानस र बिएफसी प्रतियोगितामा दोस्रो पटक आमुने सामुने हुने भएका छन् । यस अघि लिग चरणमा यी दुई टोली भिड्दा पानसले २-० ले बाजी मारेको थियो ।

Post Comments