
चितवन । हानामी भरतपुर फुटबल क्लब बिएफसी लगातार दोस्रो सिजन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग च्याम्पियन बनेको छ ।शुक्रबार भएको उपाधि भिडन्तमा पानस युवा क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै बिएफसी च्याम्पियन बनेको हो ।
खेलको निर्धारित समय २-२ को बराबरीमा सकिएको थियो । बिएफसीका लागि सुमन आले र सन्देश श्रेष्ठ तथा पानसका लागि सन्दीप सुनार र शिव गुरुङले गोल गरे ।
खेलमा अग्रता भने पानसले लिएको थियो । नवौं मिनेटमा सन्दीपको गोलमा पानसले अग्रता लिएको थियो । तर ३८ औं मिनेटमा सुमनले बिएफसीका लागि बराबरी गोल फर्काए ।
५५ औं मिनेटमा सन्देशले गोल गर्दै बिएफसीलाई अग्ररा दिलाए । तर ७० औं मिनेटमा शिवले पानसका लागि बराबरी गोल गरे । बाँकी समयमा थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलियो । जसमा बिएफसीले बाजी मार्यो । बिएफसीका गोलकिपर तथा क्याप्टेन मनोज गुरुङ म्यान अफ दि म्याच भए ।
विजेता बिएफसीले ट्रफीसहित एक लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता पानसले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । बिएफसीका सन्दीप केसी प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । उनले ट्रफीसहित दश हजार रुपैयाँ प्राप्त गरे ।
हर्दी युवा समाजका सन्तोष थिङ प्रतियोगिताभरको उत्कृष्ट फर्वाड घोषित भए । पानसका निश्चल बस्नेत उत्कृष्ट डिफेन्डर, बिएफसीका मनोज गुरुङ उत्कृष्ट गोलकिपर तथा पानसका सन्जित सुनार उत्कृष्ट मिडफिल्डर घोषित भए । बिएफसीका प्रशिक्षक कुसुम दीप लो उत्कृष्ट प्रशिक्षक भए । उनीहरुले ट्रफीसहित समान ५-५ हजार रुपैयाँ प्राप्त गरे ।
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न