News
एन्फा अध्यक्ष र महासचिवको बर्खास्तीको माग
काठमाडौं । नेपाली फुटबलमा बेतिथी र विवादको चाङ थुपिएकै समयमा फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष तथा महासचिवको बर्खास्तीको माग गरेको छ ।
पूर्व एन्फा अध्यक्ष समेत रहेका फुटबल क्लब संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फा अध्यक्ष र महासचिवको बर्खास्तीका लागि विभिन्न क्लब र संघहरुको गरी ४९ सदस्यीय हस्ताक्षर र निवेदन बुझाएका छन् ।
अध्यक्ष शेर्पाले आफूहरु सबै सचेत भई नेपाली फुटबललाई सही ट्रयाकमा ल्याउन यो निर्णय लिइएको बताएका छन् । यसबारे एन्फाको प्रतिक्रिया आउन भने बाँकी छ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान