News
मैत्रीपूर्ण खेलमा नेपालद्वारा आर्मी पराजित
काठमाडौं । फिफा विश्वकप छनौट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले त्रिभुवन आर्मी फुटबल क्लबसँग मंगलबार एक मैत्रीपूर्ण फुटबल म्याच खेलेको छ ।
दशरथ रंगशालामा भएको खेलमा नेपाली टोलीले आर्मीलाई ३–२ ले हरायो । नेपाली टोलीका लागि अन्जन बिष्टले दुई गोल गरे भने थप एक आवास लामिछानेले गरे । उता पराजित आर्मीका लागि दुवै गोल कमल खड्काले गरेका थिए ।
स्मरण रहोस, नेपालले फिफा विश्वकप छनौटको पहिलो चरणको छनौट खेल अन्तरगत लाओससँग होम एण्ड अवेका आधारमा दुई म्याच खेल्दैछ । पहिलो खेल यही अक्टुबर १२ तारीखका दिन दशरथ रंगशालामा हुँदैछ भने दोस्रो खेल १७ अक्टुबरका दिन लाओसमा हुँदैछ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान