काठमाडौ । सहिद स्मारक सी डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधी बागमती युवा क्लब, सर्लाहीले जितेको छ । सी डिभिजनमा बढुवा भएकै सिजन बागमती च्याम्पियन बनेको हो ।
बुधबार आफ्नो अन्तिम खेल खेल्ने क्रममा बागमतीले पुल्चोक स्पोर्ट्स क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो र लिग उपाधी पक्का गर्यो ।
यो नतिजापछी १३ खेलबाट ३० अंक जोडेको बागमती लिगतालिकाको शिर्ष स्थानमा रहेर लिग विजेता बन्यो । उता पुल्चोक भने २२ अंकका साथ तेस्रो स्थानमा रहेर सिजनको समापन गर्यो ।
स्मरण रहोस, उता बुधबार नै लिग उपाधी होडमा रहेको आरसी ३२ फुटबल ऎकेडेमीले सानेपा क्लबसँग ३-२ को हार बेहोरेपछी बागमतीलाई उपाधी जित्न थप सहज बनेको थियो ।
बागमती र आरसी ३२ यसअघि नै बी डिभिजनमा बढु भईसकेका छन । त्यस्तै गोलबजार स्पोर्ट्स क्लब र रानीवन स्पोर्ट्स क्लब यस सिजन सी डिभिजन लिगबाट रेलिगेशनमा परेका छन ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान