News
रजैया कप फुटबल प्रतियोगिता सुरु

केदारेश्वर युवा क्लब मनहरी ९ रजैयाको आयोजनामा बिहीबारबाट रजैया कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
शुभ दीपावलीको अवसरमा आयोजना भएको प्रतियोगिताको पहिलो दिन आयोजक रजैया बी र लामाटोल क्लव मनहरी बिजयी भएको छ ।
उद्घाटन खेलमा आयोजक रजैयाले मसिनेको जनजागरण क्लवलाई १–० गोलले हराएको छ । यस्तै दोस्रो खेलमा लामाटोलले हेटौंडा १२ रमनटारको रियलस्टार क्लबलाई ३–१ गोल अन्तरले हरायो ।
२९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १८ वटा क्लवको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले ३० हजार र उपबिजेताले १० हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछ । क्लबका अध्यक्ष प्रमोद अधिकारीको अध्यक्षतामा भएको प्रतियोगितालाई मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला बिष्टले उद्घाटन गरेकी हुन् ।
Post Comments