News
युथ लिगः १७औं चरणको समाप्तीसम्म पुलिसको शिर्षता
काठमाडौं । ललित स्मृति यु–१८ युथ लिग फुटबल प्रतियागिता अन्तर्गत शुक्रबार १७औं चरणको खेल समाप्ती हुँदासम्म विभागीय टोली नेपाल पुलिस क्लबले आफ्नो शिर्षतालाई कायम राखेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको खेलमा पुलिसले एफसी खुमलटारमाथि ३–१ को जित निकाल्यो । यो जितपछि १७ खेलबाट ३६ अंक जोडेको पुलिस शिर्ष स्थानमा यथावत छ । पराजित खुमलटार भने ११ अंकका साथ ११औं स्थानमा छ ।
शुक्रबार नै भएको अर्को खेलमा सातदोबाटो युथ क्लब र चर्च ब्वाईज युनाइटेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि १७ खेलबाट १६ अंक जोडेको चर्च ब्वाईज लिगतालिकाको नवौं स्थानमा छ भने सातदोबाटो १० अंकका साथ पुछार मै संघर्षरत छ ।
Post Comments
Related News
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने