
पनौती । यहाँ जारी लक्ष्मीनारायण (लक्ष्य) स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा श्री कुमारी क्लब र आयोजक मानेश्वरी ब्वाईज क्लब (रातो) भिड्ने भएका छन् ।
आइतबार भएको पहिलो सेमिफाइनलमा श्री कुमारीले मानेश्वरी ब्वाईज (निलो) लाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । पनौती क्षेत्रीय रंगशालामा भएको खेलमा श्री कुमारीका लागि राजकुमार स्याङ्तन र बिजय बिकले गरे । मानेश्वरी ब्वाईज (निलो) का लागि भने बिजेश थापाले गोल गरेका थिए । खेलमा श्री कुमारीका बिजय बिक म्यान अफ दि म्याच समेत चुनिए ।
दोस्रो सेमिफाइनलमा मानेश्वरी ब्वाईज (रातो) ले अन्नपुर्ण आरसिटीलाई ३–१ ले हराउँदै फाइनल प्रवेश गर्यो । मानेश्वरी ब्वाईज (रातो) का लागि आशिष सुनाम, बिक्की चौधरी र अमित लामाले गोल गरे । आरसिटीका लागि भने निखिल तामाङले एक मात्र गोल फर्काएका थिए । खेलमा मानेश्वरी ब्वाईज (रातो) का अमित लामा म्यान अफ दि म्याच समेत चुनिए ।
अब यही फागुन १३ गते हुने फाइनलमा श्री कुमारी क्लब र आयोजक मानेश्वरी ब्वाईज क्लब (रातो) उपाधिका लागि भिड्ने छन् । मानेश्वरी ब्वाईज क्लब र मानेश्वरी महिला समूह, पनौती, काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय