News
सहारा र बाघमारा क्वाटरफाइनलमा
सुखड । सहारा युथ क्लब र बाघमारा स्पोर्टस क्लब यहाँ जारी वडा अध्यक्ष कप यु–२० नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
घोडाघोडी खेलमैदानमा भएको दिनको पहिलो खेलमा सहाराले गौरीगंगा–११ लाई टाईब्रेकरमा ४–३ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । खेलमा सहाराका बिबेक कडायत म्यान अफ दि म्याच बने ।
दिनको दोस्रो खेलमा बाघमाराले घोडाघोडी फुटबल एकेडेमीलाई टाईब्रेकर मै ५–४ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा बाघमाराका सरोज राना म्यान अफ दि म्याच चुनिए ।
घोडाघोडी क्लब, सुखड, कैलालीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २३ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- आयोजक युथ अफ टीकापुर फाइनलमा, प्रतीक्षा शीर्ष गोलकर्ताको दौडमा अग्रस्थानमा
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- प्राविधिक कारणले १४ जीआर एफसी र एनवाइएमईएस बर्दियाबीचको खेल स्थगित, अब वैशाख ३० गते हुने