International
क्यामरुन र सर्बिया बीच ६ गोलको थ्रीलर

काठमाडौं (एजेन्सी) । कतारमा जारी फिफा विश्वकपको समूह जी तर्फ क्यामरुन र सर्बियाले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका छन् । यी दुई टोली बीचको यो नतिजाले दुवै टोलीको खातामा १–१ अंक परेको छ र दुवै टोलीको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायम छ ।
क्यामरुनले आफ्नो पहिलो खेलमा स्वीजरल्याण्डसँग १–० को हार बेहोरेको थियो भने क्यामरुनले बलियो ब्राजीलको हातबाट २–० को हार बेहोरेको थियो । समूह जी मा ब्राजील र स्वीजरल्याण्डको समान ३–३ अंक छ । र दुवै टोली सोमबार राती नै आमने सामने हुनेछन् ।
स्वीजरल्याण्ड र ब्राजील बीचको खेलबाट जित निकाल्ने टोलीको नकआउट चरणमा पुग्ने सम्भावना पक्का बन्नेछ । समूह जी को अन्तिम खेलमा सर्बियाले स्वीजरल्याण्डको सामना गर्नेछ भने क्यामरुनले ब्राजीलसँग प्रतिस्पर्धा गर्नेछ ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय