International मोरक्कोसँग हार्दै स्पेन विश्वकपबाट नकआउट
गोलनेपाल

काठमाडौं (एजेन्सी) । अफ्रिकी राष्ट्र मोरक्कोसँग स्तब्धपुर्ण हार बेहोर्दै पूर्व विजेता स्पेन कतारमा जारी फिफा विश्वकपको नकआउट चरणबाटै बाहिरिएको छ ।

मंगलबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ मोरक्कोले स्पेनलाई पेनाल्टी शुटआउटमा ३–० ले हराउँदै क्वाटरफाइनलमा तय गर्यो । त्यसअघि निर्धारित समयको खेल र थपिएको अतिरिक्त समयमा पनि दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

जारी विश्वकपबाट बाहिरिने स्पेन अर्को बलियो प्रत्याशी बनेको छ । यसअघि दावेदारका रुपमा हेरिएको जर्मनी र बेल्जियम पनि प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

त्यस्तै मोरक्कोले स्पेनमाथि हात पारेको जितसँगै इतिहास रच्न समेत सफल भयो । अर्थात मोरक्को विश्वकपको क्वाटरफाइनलमा पुग्ने चौथो अफ्रिकी देश बन्यो । यसअघि यो उपलब्धी घाना, सेनेगल र क्यामरुनले मात्र हात पारेका थिए ।

Post Comments