
काठमाडौं (एजेन्सी) । तीनपल्टको विजेता स्पेन जारी प्रतिष्ठित युइएफए युरो–२०२४ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार अबेर राती सम्पन्न पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सको चुनौति २–१ ले समाप्त पार्दै उपाधि नजिक पुगेको हो ।
म्युनिखमा भएको खेलमा शुरुवाती अग्रता भने फ्रान्सले नै लिएको थियो । खेलको नवौं मिनटमा काइलन एम्बाप्पेको क्रस पासमा कोलो मुआनीले फ्रान्सका लागि पहिलो गोल गरे । तर त्यो अग्रता फ्रान्सले धेरैबेर जोगाउन सकेन ।
खेलको २१औं मिनटमा स्पेनका युवा स्टार लामिन यमलले उत्कृष्ट गोल गर्दै खेललाई १–१ को रोमाञ्चक बराबरीमा ल्याए । यो गोलसँगै यमल युरो च्याम्पियनसिपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बन्न समेत सफल भए । त्यस्तै २५औं मिनटमा डानी ओल्मोले स्पेनका लागि दोस्रो गोल गरे । जुन गोल खेलको निर्णायक गोल पनि बन्यो ।
स्पेनले अब १४ जुलाईका दिन बर्लिनमा हुने फाइनलमा नेदरल्याण्डस वा इङल्याण्डको सामना गर्नेछ । नेदरल्याण्डस र इङल्याण्डले बुधबार राती डर्टमुण्डमा दोस्रो सेमिफाइनल खेल खेल्दैछन् ।
- नेपाली महिला टोली स्वदेश फिर्ता, प्रशिक्षक विल्डे स्वदेश फर्किए
- एएफसी महिला एसियन कप छनौटमा नेपालको चुनौति समाप्त
- नेपाल एएफसी महिला एसियन कपमा छनौट भए सबै खेलाडीहरुलाई जनही ५० हजार दिने खेल अभियन्ता गुरुङ्गको घोषणा
- झापा महिला गोल्डकपलाई शिवसताक्षी नगरपालिका र वडाहरुको साथ
- नेपालको लगातार दोस्रो जितमा साबित्राको लगातार दोस्रो ह्याट्रिक