News दोस्रो एसइइ कप फुटसल प्रतियोगिता हुँदै
गोलनेपाल

काठमाडौं । टाउन ब्वाईज एफसीको आयोजनामा यही जेठ २१ गतेका दिन दोस्रो एसइइ कप फुटसल प्रतियोगिता हुने भएको छ । काठमाडौं, मकैबारी स्थित मनकामना फुटसलमा हुने प्रतियोगिताका जेठ १९ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क २५०० तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ हजार हात पार्नेछ भने उपविजेताले ९ हजारसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । त्यसबाहेक विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगितामा सहभागिता जनाउने टोलीले खेलाडीहरुको एसइइ खेलाडीहरुको प्रमाण खुल्ने आवश्यक कागजात अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । प्रतियोगिताबारे विस्तृत जानकारीका लागि सम्पर्क नम्बर 9848495412 मा सम्पर्क गर्न सकिनेछ ।

 

Post Comments