News
हिमालयन एफसीलाई फुटसल प्रतियोगिताको उपाधि

काठमाडौं – नगरजुन जनजागरण यूथ क्लबको आयोजनामा सम्पन्न भएको फुटसल प्रतियोगितामा हिमालयन एफसीले शानदार जित हात पार्दै उपाधि चुम्न सफल भएको छ।
फाइनल खेलमा हिमालयन एफसीले गियर गोललाई ३–१ गोलले पराजित गर्दै प्रतियोगिताको विजेता बनेको हो। खेल निकै प्रतिस्पर्धात्मक भए पनि हिमालयन एफसीले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि सुरक्षित गर्यो।
प्रतियोगितामा सर्वश्रेष्ठ गोलकिपरको उपाधि हिमालयन एफसीका दिपेशले प्राप्त गरे भने, टुर्नामेन्टको उत्कृष्ट खेलाडीको रूपमा सुवेत लामालाई घोषित गरियो।
विजेता टिमले नगद १ लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता टिमले ५० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ।
Post Comments