दमक । यहाँ जारी प्रथम यु–१९ फुटबल प्रतियोगितामा मुकुलुङ युथ क्लब र चुलाचुली स्र्पोटिङ क्लबले जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबार पहिलो खेलमा मुकुलुङले पूर्वाञ्चल सेकेण्डरी स्कुललाई २–१ ले हरायो । मुकुलुङका लागि दुवै गोल युनिस मगरले गरे । उता पराजित पूर्वाञ्चलका लागि भने सिजल राईले सान्त्वना गोल फर्काएका थिए । खेलमा मुकुलुङ कै युनिस मगर म्यान अफ दि म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेलमा चुलाचुलीले झापा फुटबल क्लबलाई ५–१ ले पराजित गर्यो । चुलाचुलीको जितमा सन्दिप मगर र मिलन थापाले समान २–२ गोल गरे । अर्को एक गोल भने सौगात राईले गरेका थिए । उता पराजित झापाका लागि भने युनिस टुडुले एक मात्र गोल फर्काए । खेलमा चुलाचुलीका सौगात राई म्यान अफ दि म्याच घोषित भए ।
यही असार ३२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४५ हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा