दमक । सोमबार आ–आफ्नो खेलमा जित हात पार्दै सिर्जनशील युवा क्लब र बेलबारी फुटबल क्लब यहाँ जारी प्रथम यु–१९ युथ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
दमक स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा भएको पहिलो सेमिफाइनलमा सिर्जनशीलले मुकुलुङ युवा क्लबलाई २–१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
सिर्जनशीलको जितमा बिबेक याख्खाले एक गोल गरे भने अर्को गोल विपक्षी टोलीका बुद्ध बहादुरले आत्मघाती गोलका रुपमा गरेका थिए । उता पराजित मुकुलुङका लागि भने युनिस मगरले एक मात्र गोल फर्कँएका थिए । यद्यपि त्यो एक गोल टोलीलाई हार टार्न भने प्रर्याप्त बनेन ।
सोमबार नै सम्पन्न दोस्रो सेमिफाइनलमा बेलबारीले सह–आयोजक चुलाचुली स्र्पोटिङ क्लबलाई टाईब्रेकरमा हराउँदै फाइनलमा स्थान बनायो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि टाईब्रेकरमा बेलबारीले चुलाचुलीमाथि ३–२ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्यो ।
अब यही असार ३२ गते हुने फाइनलमा सिर्जनशील र बेलबारी उपाधिका लागि भिड्ने छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४५ हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल प्राप्त गर्नेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक