News
मिलन एफसीलाई ओखलढुंगा फुटसल कप ‘काठमाडौं संस्करण’ को उपाधि
काठमाडौं । रोमाञ्चक र साँघुरो अन्तरको जित निकाल्दै ओखलढुंगा खुला सेभेन ए साईड फुटसल प्रतियोगिता ‘काठमाडौं संस्करण’ को उपाधि मिलन एफसीले जितेको छ ।
फाइनलमा रोयल नेपाल फुटसल (बी) लाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै मिलन एफसीले उपाधि उचालेको हो । मिलन एफसीका लागि सन्दिप कार्कीले गरेको एक मात्र गोल टोलीको जितमा निर्णायक गोल बन्यो ।
खेल यात्री ग्रुपको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता बनेको मिलन एफसीले उपाधिसहित नगद १ लाख हात पार्यो भने उपविजेता रोयल नेपाल फुटसलले नगद ५० हजारसहित ट्रफी, मेडलमा चित्त बुझायो ।
विधागतर्फ रोयल नेपाल फुटसलका जोन श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार पनि रोयल नेपाल कै उज्ज्वल बिष्टले हात पार्दा मिलन एफसीका युसुफ मलिक प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी घोषित भए ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि