काठमाडौं । करिब साता दिनको अनेक अडकलबाजी र अन्यौलताका बीच नेपाल र बंगलादेशबीच आगामी फिफा विन्डोतर्फ दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच हुने पक्का भएको छ ।
एन्फाले दशरथ रंगशाला मै दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेशलाई निमन्त्रणा पठाएको थियो । यद्यपि बंगलादेशले एन्फाले पठाएको निमन्त्रणाबारे आधिकारिक रुपमा केही निर्णय दिएको थिएन ।
कतिपय सञ्चारमाध्य र स्रोतहरका अनुसार बंगलादेशलले एन्फाले तोकेको मिति मै अन्य देशहरुसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्न पहल गरिरहेको खबर पनि बाहिरिएको थियो । तर, अन्तिममा आएर बंगलादेश फुटबल फेडरेशनले एन्फासँगको क्षेत्रीय भाईचाराको सम्बन्धलाई महत्व दिंदै नेपालसँग मैत्रीपूर्ण फुटबल म्याच खेल्न आधिकारिक रुपमा घोषणा गरेको छ ।
बंगलादेश फुटबल फेडरेशनको बिहीबार बसेको आकस्मिक बैठकले नेपालसँग दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने पक्का गरेको हो । योसँगै नेपाल र बंगलादेशबीच आउँदो सेप्टेम्बर ६ र ९ तारीखका दिन फिफा विन्डोतर्फ दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच दशरथ रंगशालामा हुने तय भएको छ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान