News महिला लिग क्वालिफयर्स खेल्ने टोलीहरले तयारी खर्च र म्याच मनी पाउने
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र एन्फा महिला लिग क्वालिफायर्समा सहभागी टिमहरूबीच प्रतियोगितालाई लिएर आवश्यक छलफल सम्पन्न भएको छ ।

यही साउन २७ गतेदेखि एन्फा कम्प्लेक्समा सुरू हुने क्वालिफायर्स प्रतियोगिताका लागि एन्फाले सहभागी प्रत्येक टिमलाई तयारी खर्च स्वरूप रु ५० हजार उपलब्ध गराउने भएको छ ।

त्यस्तै, प्रत्येक खेलमा सहभागी टिमहरूलाई म्याच मनी स्वरूप प्रति टिम रु १० हजार प्रदान गर्ने समेत एन्फाले जनाएको छ । छलफलपछि टिमहरूले दर्ता गर्न सक्ने खेलाडी संख्या २३ बाट बढाएर ३० पु¥याइएको छ ।

छलफलमा एन्फा केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मलेकु, एन्फा सिइओ इन्द्रमान तुलाधर, प्रवक्ता सुरेश शाह, प्रतियोगिता निर्देशक संजीव मिश्र लगायत सहभागी टिमका प्रतिनिधिहरूको उपस्थिति थियो ।

स्मरण रहोस, महिला लिग क्वालिफायर्सका लागि देशभरिबाट कुल १६ टिमहरुले टिम दर्ता गराएका छन् ।

Post Comments