News राष्ट्रिय युवा संघ नेपाल कप फुटबलमा कालिकाको विजयी सुरुवात
गोलनेपाल

भरतपुर । भरतपुरमा राष्ट्रिय युवा संघ नेपाल कप फुटबल सुरु भएको छ । राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा आजबाट सुरु भएको प्रतियोगितामा राष्ट्रिय युवा संघ कालिका नगर कमिटीले जित हात पारेको छ ।

भरतपुर ७ कृष्णपुरको मैदानमा भएको उद्घाटन खेलमा कालिका नगर कमिटीले चितवन जिल्ला कमिटीलाई २-१ ले हराएको हो । कालिकाको जितमा विजय श्रेष्ठ र भिम गुरुङले गोल गरे । चितवन जिल्ला कमिटीका लागि बसन्त कुमालले एक गोल गरे ।

यो जितसँगै कालिका नगरकमिटी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा शनिबार राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटी र ईच्छाकामना गाउँ कमिटी भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।

Post Comments