News
बेल्जियममा नेपाली कम्युनिटीहरु बीच आन्टवेर्प कप हुँदै
काठमाडौं । आन्टवेर्प गाईज नेपाल, बेल्जियमको आयोजनामा यही अगस्त २५ तारीखका दिन युरोपमा रहेका नेपाली समुदायका खेलाडीहरुबीच आन्टवेर्प कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
युरोपमा रहेका प्रवासी नेपालीहरु बीच हुने फुटबल प्रतियोगिताहरुमा सर्वाधिक पुरस्कार राशी मध्ये एकका रुपमा रहेको आन्टवेर्प कपको कुल पुरस्कार राशी ८५०० युरो रहेको आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६००० युरो हात पार्नेछ भने उपविजेताले २००० युरोसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने