बाग्लुङ । “उमेर बढे सङ्गै खेलकुद जारी राखौं, समाजमा सकरात्मक सन्देश दिदै स्वस्थ्य रहौं” भन्ने नाराका साथ बाग्लुङ भेट्रान्सको आयोजनामा आउँदो भाद्र १३ र १४ गतेका दिन बाग्लुङ भेट्रान्स कप ३०+ फुटसल प्रतियोगिता हुने भएको छ ।
बाग्लुङ स्थित रश आवर फुटसलमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि भाद्र ११ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५००० तोकिएको छ ।
प्रतियोगितामा गण्डकी प्रदेशका करिब १५ टोलीहरुको सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
आयोजकका अनुसार बाग्लुङ जिल्ला मै पहिलोपटक हुन गईरहेको ३०+ भेट्रान्स प्रतियोगिताको विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।