News साबित्रा नगद एक लाखसहित सम्मानित
गोलनेपाल

भरतपुर । नेपाली फुटबलमा ‘गोलमेशीन’का रुपमा परिचित नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड तथा कप्तान साबित्रा भण्डारी चितवन जिल्लामा नगदसहित सम्मानित भएकी छिन् ।

चितवनको खेलकुदसँगै सामाजिक कार्यमा पनि सक्रिय रहेको सरस्वती युवा क्लब, भरतपुर–१५, लमजुङचोक, चितवनले साबित्रालाई शनिबार एक कार्यक्रमका बीच नगद १ लाख र सम्मानपत्रसहित सम्मानित गरेको हो ।

सम्मान ग्रहण गरेपछि साबित्राले खुशी व्यक्त गर्दै सरस्वती युवा क्लब, भरतपुर–१५, लमजुङचोक परिवार लगायत सम्पूर्ण शुभेच्छुकहरुमा आभार र धन्यवाद प्रकट गरिन् । खेलाडीहरुलाई यस्तै सम्मान र हौसलाले थप अगाडी बढ्न प्रोत्साहन मिल्ने बताउँदै साबित्राले सम्बन्धित निकायले देशका लागि खेल्ने सबै खेलाडीहरुलाई सम्मान र प्रोत्साहन गर्नुपर्ने बताईन् ।

स्मरण रहोस, गत सिजन फ्रान्सको शिर्ष लिगमा गुइनग्याम्पका लागि खेलेकी साबित्रा यसै सिजन न्युजिल्याण्डको वेलिङटन फोएनिक्स क्लबमा आवद्ध भएकी छिन् । साथै उनले वेलिङटनका लागि अष्ट्रेलियाको शिर्ष महिला लिग खेल्न छिटै त्यसतर्फ प्रस्थान गर्नेछिन् ।

 

Post Comments