News संखुवासभा: स्व. मानबहादुर गुरुङ तथा प्रदीप गुरुङ स्मृति कप U-16 पुरुष फुटबल प्रतियोगिता हुने
गोलनेपाल

स्व. मानबहादुर गुरुङ तथा प्रदीप गुरुङ स्मृति कप U-16 पुरुष फुटबल प्रतियोगिता–२०८२ आगामी असोज ८ देखि ११ गतेसम्म संखुवासभा, खाँदबारी–३, मानेमञ्ज्याङस्थित श्री महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने भएको छ।

यस प्रतियोगिताको आयोजना एडभान्स क्लब, मानेमञ्ज्याङले गरेको हो भने प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ (ANFA) ले प्राविधिक सहयोग गर्नेछ।

प्रतियोगितामा सहभागी हुने टोलीको प्रवेश शुल्क रु. २,००० निर्धारण गरिएको आयोजक समितिले जनाएको छ।

पुरस्कार राशिः

  • विजेता : रु. ४०,०००

  • उपविजेता : रु. २५,०००

  • सेमिफाइनल पुग्ने टोली : रु. ७,५००–७,५००

  • उत्कृष्ट खेलाडी : रु. ३,०००

  • उत्कृष्ट गोलरक्षक : रु. २,०००

  • सर्वाधिक गोलकर्ता : रु. २,०००

यस प्रतियोगितालाई ध्रम बहादुर गुरुङ, धनबहादुर गुरुङ, भुवन गुरुङ र उमेश गुरुङले प्रायोजन गरेका छन्।

आयोजकका अनुसार प्रतियोगिताले युवामाझ फुटबलको स्तर अभिवृद्धि गर्ने मात्र नभई समुदायबीचको एकता मजबुत बनाउन र स्व. मानबहादुर गुरुङ तथा प्रदीप गुरुङको स्मृतिलाई सम्मान गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

विस्तृत जानकारीका लागि सम्पर्क : ९८४३०४२०६३, ९८५२०५१६४६, ९८६०६४९३२४।

Post Comments