News
कम्बोडियन लिगमा लाकेनको टोली फेरि पराजित
काठमाडौं । कम्बोडियन प्रिमियर लिग खेलिरहेका नेपालका चर्चित मिडफिल्डर लाकेन लिम्बुको टोली किरिभोङ सोक सेन छेले लिगमा लगातार दोस्रो हार बेहोरेको छ ।
लिगतर्फ गत साता मात्रै आफ्नो दोस्रो खेलमा कोम्पोङ देवासँग ४–२ ले पराजित भएको किरिभोङले आइतबार भएको लिगको आफ्नो तेस्रो खेलमा कम्बोडियन टाइगरसँग ४–० ले पराजित हुन पुग्यो ।
लोकन निरन्तर टोलीको पहिलो रोजाई मै रहेर खेलिरहेका छन् । यद्यपि टोलीलाई अपेक्षाकृत सफलता दिलाउन भने सकेका छैनन् ।
यो हारपछि ३ खेलबाट ३ अंक जोडेको किरिभोङ लिगतालिकाको आठौं स्थानमा छ । उता कम्बोडियन टाइगर भने ६ अंकका साथ दोस्रो स्थानमा छ । लिगको शिर्ष स्थानमा भने ९ अंकका साथ से रिङ स्र्पोटिङ क्लब रहेको छ ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने