News बंगलादेशमा नेपाली विद्यार्थीहरु बीच इन्टरमेडिकल दशैं कप हुँदै
गोलनेपाल

काठमाडौं । नेपालिज मेडिक स्टुडेन्ट एसोसिएशन बंगलादेशको आयोजनामा आउँदै गरेको महान चाड दशैंको अवसर पारी सेप्टेम्बर २६ तारीखका दिन दशैं कप इन्टरमेडिकल फुटसल प्रतियोगिता हुने भएको छ ।

बंगलादेशभरि छरिएर रहेका नेपाली विद्यार्थीहरुबीच भाइचारा, सद्भाव एकता र आत्मियता कायम गर्ने उद्देश्यका साथ प्रतियोगिता आोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु माझ पहिलोपटक इन्टरमेडिकलस्तरीय फुटल प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ । ढाका स्थित जाफ एरिना एण्ड एकेडेमीमा हुने प्रतियोगिता सिक्स ए साईडका रुपमा खेलाइनेछ ।

प्रतियोगितामा कुल आठ टोलीहरुको सहभागिता रहने समेत आयोजकले जानकारी दियो । प्रतिोगिताको विजेता तथा उपविजेता टोलीहरुलाई उचित पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

Post Comments