काठमाडौं । नेपाल शेर्पा विद्यार्थी संघ, सिन्धुपाल्चोक जिल्ला कार्य समितिको आयोजनामा सम्पन्न दोश्रो शेर्पा विद्यार्थी फुटसल प्रतियोगिता आइतबार भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिता काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी हेल्थ क्लबको फुटसल मैदानमा आयोजित गरिएको थियो ।
प्रतियोगितामा देशभरिका १९ वटा शेर्पा विद्यार्थी टिमहरूको सहभागिता रहेको थियो। यो प्रतियोगिता पुरस्कारको लागि मात्र नभई शेर्पा विद्यार्थीहरूबीचको एकता, आपसी सम्बन्ध र खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको थियो।
फाइनल खेलमा सिन्धुपाल्चोकको दुगुना गढी एफ सी ले ताप्लेजुङ वारियर्सलाई पेनाल्टी सुटआउटमा २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
विजेता टिम दुगुना गढी एफ।सी। ले उपाधिसँगै नगद तिसहजार शिल्ड, मेडल र ट्रफी प्राप्त गर्यो भने उपविजेता ताप्लेजुङ वारियर्सले नगद दशहजार मा चित्त बुझाउनु पर्यो।
व्यक्तिगत विधातर्फ, दुगुना गढी एफ सी का सोनाम शेर्पा उत्कृष्ट खेल प्रदर्शन गर्दै ‘बेस्ट गोलकिपर’ घोषित भए भने ताप्लेजुङ वारियर्सका फुर्पु शेर्पा ले सबैभन्दा बढी गोल गर्दै प्रतियोगिताको ‘हाई स्कोरर’ बन्न सफल भए।
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि