News
एएफसी यु–२३ एसियन कपको फाइनल ड्र सार्वजनिक
काठमाडौं (एजेन्सी) । अर्को वर्ष जनवरी ७ देखि २५ तारीखसम्म साउदी अरेबियामा हुन गईरहेको एएफसी यु–२३ एसियन कप फुटबल प्रतियोगिताको फाइनल ड्र बिहीबार सार्वजनिक गरिएको छ ।
गत महिना सम्पन्न छनौट प्रतियोगितातर्फ नेपालको समूहबाट छनौट भएको सिरिया समूह बी मा परेको छ । जहाँ सिरियाले डिफेन्डिङ च्याम्पियन तथा दावेदार जापानसँगै अर्को बलियो टोली कतार र युएईको सामना गर्नेछ ।
त्यस्तै समूह ए मा आयोजक साउदी अरेबियासँगै भियतनाम, जोर्डन र किर्गिस्तान रहेका छन् । समूह सी तर्फ उज्वेकिस्तान, दक्षिण कोरिया, इरान र लेबनान छन् भने समूह डी मा इराक, अष्ट्रेलिया, थाइल्याण्ड र चीन रहेका छन् ।
सहभागि कुल १६ टोलीहरु चार समुहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल साउदी अरेबियाको जेद्दाह शहरमा हुनेछ ।
Post Comments