News फिफा यु–२० विश्वकपः अर्जेन्टिना, कोलम्बिया, नर्वे र फ्रान्स क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । उत्कृष्ट जितका साथ सर्वाधिक ६ पल्टको विजेता अर्जेन्टिना, कोलम्बिया, नर्वो र फ्रानस जारी फिफा यु–२० विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको तेस्रो प्रिक्वाटरफाइनलतर्फ अर्जेन्टिनाले नाइजेरियामाथि ४–० को प्रभावशाली जित निकाल्दा चौथो प्रिक्वाटरफाइनलमा कोलम्बियाले दक्षिण अफ्रिकालाई ३–१ ले पराजित गर्यो ।

त्यस्तै नर्वेले पाराग्वेलाई १–० ले निराश बनाउँदा फ्रान्सले एसियाली राष्ट्र जापानमाथि समान १–० अन्तरको जित हात पार्यो । यी दुवै खेलको नतिजा निर्धारित समयमा नस्किन नसकेपछि अतिरिक्त समयमा निकालिएको थियो ।

साथै अर्जेन्टिना र कोलम्बियाले आफ्नो क्वाटरफाइनल प्रतिद्वन्द्वी पनि समेत पाएका छन् । अब ११ अक्टोबरका दिन हुने पहिलो क्वाटरफाइनलमा कोलम्बियाले स्पेनसँग खेल्नेछ भने सोही दिन हुने दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ । त्यस्तै १२ अक्टोबरका दिन हुने चौथो तथा अन्तिम क्वाटरफाइनलमा फ्रान्स र नर्वे भिड्नेछन् ।

प्रतियोगिता अन्तर्गत अब मोरक्को र दक्षिण कोरिया तथा अमेरिका र इटाली बीचको अन्तिम दुई प्रिक्वाटरफाइनल खेल हुन बाँकी छ । यो खेल सम्पन्न भएसँगै क्वाटरफाइनल समिकरण पनि पूरा हुनेछ ।

Post Comments